Section 76
प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्ने
: (१) यस ऐन बमोजिम वैदेशिक रोजगारीका लागि गएका कामदार सम्बन्धित देशको प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वदेश नफर्कने कामदारलाई विभागको सहयोगमा स्वदेश फर्काउने दायित्व इजाजतपत्रवालाको हुनेछ ।
(३) उपदफा (३) बमोजिम कामदार स्वदेश फर्काइसकेपछि त्यसरी फर्काइएको व्यक्तिलाई तीन वर्षसम्म विदेश जान नपाउने गरी नेपाल सरकारले प्रतिबन्ध लगाउन सक्नेछ ।